आज :

सहकारीको रकम ठगीमा आफु संलग्न नभएको पुष्टि भइसकेको रविको स्पष्टोक्ति

  • अनलाइन डबली

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदीय छानबिन समितिले नै आफू सहकारीको रकम ठगीमा संलग्न नभएको पुष्टि

गरेको बताएका छन्।  आज मंगलबार साँझ फेसबुक लाइभमा बोल्दै लामिछानेले समितिको सिफारिसलाई आफु कार्यान्वयन गर्न तयार रहेको उल्लेख गर्दै, गोरखा मिडियामा आफू कार्यरत रहँदा भएको रकम खर्चको जिम्मेवारी भने लिन तयार रहेको बताए।

“मैले सहकारीबाट कुनै ऋण लिएको छैन, त्यसैले म निर्दोष ठहर भएको छु। यस विषयमा अब थप बोल्न आवश्यक छैन। तर, कार्यालयमा आएको रकम खर्चबारे कानूनी कारबाही हुनुपर्छ भने, म त्यसका लागि तयार छु।”, लामिछानेले भने –

पूर्व डिआईजी छविलाल जोशीलाई आफूलाई फसाउनकै लागि पक्राउ गरिएको आरोप उनले लगाए। आफ्नो पक्राउ सुनिश्चित गर्न नै  जोशीलाई पक्राउ गरिएको  रविले दाबी गरे।

उनले सहकारीको रकम अन्य सञ्चारमाध्यमहरूमा पनि गएको खुलासा भएको उल्लेख गर्दै ती संस्थाहरूलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरे।

आफुलाई पक्राउ गर्न दशैं कुर्नु नपर्ने भन्दै आफूलाई काठमाडौं सुनसान हुँदा पक्राउ गर्न खोजिको आशंका समेत व्यक्त गरे।

” संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा थप कानूनी प्रक्रिया अघि बढाउनु पर्छ । विगतमा प्रधानमन्त्रीले नै संसदमा उभिएर यस  मुद्दाबारे स्पष्ट ओआरी सकेको छ , सत्यलाई राजनीतिक सत्तासँग मिलाएर तोडमोड गर्न सकिदैन ।सत्तापक्ष र प्रतिपक्षको सिट फेरिए पनि सत्य फेरिंदैन, अन्याय गर्न पाइँदैन,  म लाई समर्थन गर्न आएका मानिसहरूलाई भिडको संज्ञा नदिनु होस्, “उनीहरू भिड होइनन्, शुभचिन्तक हुन्। अन्याय हुँदा जनताले स्वत: बोल्छन्, मैले अपिल गरेको होइन।” उनले भने

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal