काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले प्रसाईँलाई पक्राउ पुर्जी जारी गरेको हो ।
अदालतले प्रसाईँका बडीगार्ड जीवन पाण्डे, प्रकाशचन्द्र दाहाललाई पक्राउ गर्न अनुमति दिएको छ ।
प्रहरीले प्रसाईँलाई गाली बेइज्जती मुद्दामा पक्राउ गर्न अदालतबाट अनुमति पाएको छ ।
देशव्यापीरुपमा गर्न लागिएको भनिएको कार्यक्रम रोक्न सरकारले प्रसाईँलाई पक्राउ गरेको बताइएको छ ।
यसअघि पनि प्रहरीको साइबर ब्यूरोले पक्राउ गर्न अदालतसँग अनुमति माग गरेको थियो ।