आज :

नेपालभाषाको कार्यक्रम ‘झीगु सः’ को २०० एपिसोड पूरा

  • अनलाइन डबली

काठमाडौँ। नेपाल भाषा , सस्कृति , परम्परा समेटिएको नेपालभाषाको कार्यक्रम ‘झीगु सः’ को २०० एपिसोड पूरा भएको भएको छ।
एबिसि टेलिभिजनमा प्रसारण भइरहेको नेपालभाषाको कार्यक्रम ‘झीगु सः’ को २०० एपिसोड पूरा भएको अवसरमा ललितपुरमा कार्यक्रमको आयोजना गरीएको थियो ।

बागमति प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले नेपालभाषाको साथमा नेवाः संस्कृति, सभ्यताको संरक्षणमा नेवाः संचार क्षेत्रको भूमिकाको प्रशंसा गरे ।

ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै श्रम रोजगार तथा यातायात मन्त्री महर्जनले काठमाडौं उपत्यकाको स्थानीय भाषा, संस्कृति, सभ्यताको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेवाः संचार क्षेत्र र संचारकर्मीको भूमिकाको प्रशंसा गरेका हुन् ।

‘धेरै हराएका मूर्त, अमूर्त संस्कृति, सम्पदाहरुको बारे स्थानीय संचारकर्मीहरुले समाजलाई थाहा दिएका छन् । यसको खोजी, प्रचार प्रसार आदिमा यहाँका स्थानीय संचार क्षेत्र र संचारकर्मीले जुन भूमिका खेलिरहेको छ, त्यो प्रशंसनीय छ’ मन्त्री महर्जनको भनाई हो ।

सीमित श्रोत साधन र जनशक्तिका बीच मातृभाषा माध्यमबाट संचालित संचारमाध्यमहरुलाई राज्यबाट सुविधा दिलाउन आफुले पहल गर्ने प्रतिवद्धता पनि मन्त्री महर्जनले व्यक्त गरे ।

सोही कार्यक्रममा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरबाट प्रसारण भएको नेपालभाषाको पहिलो टेलिभिजन कार्यक्रम ‘हसना’ का कार्यक्रम संचालक बिराजकाजी राजोपाध्याय र कार्यक्रम संचालिका मीना बज्राचार्यलाई सम्मान गरिएको थियो ।

यसै कार्यक्रममा निर्माता, निर्देशक विजयरत्न तुलाधरले नै वर्तमान समयमा झीगु सः कार्यक्रमको निर्माण गरिरहेका छन् ।

कार्यक्रम निर्माता तुलाधरले सबैको साथ र सक्रिय भूमिकाकै कारण आजसम्म आइपुग्न सफल भएको बताए ।

झीगु सः २०० एपिसोड प्रसारणको उत्सव कार्यक्रममै रेडियो नेपालका नवनियुक्त कार्यकारी निर्देशक अमर ध्वज लामालाई बधाईसहित सम्मान गरिएको थियो ।

साथमा कार्यक्रम निर्माणमा विभिन्न ढङ्गबाट योगदान दिइरहेका प्राविधिक एवम् सहयोगीहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक लामा, नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनिल महर्जनले लगायतले शुभकामनासहित आआफ्ना विचार राखेका थिए ।

कार्यक्रम आयोजक लहना मिडियाका व्यवस्थापक सुरेन्द्रभक्त श्रेष्ठले नेपालभाषा माध्यममा संचालित विभिन्न संचारमाध्यमहरु एकजुट भई अघि बढ्न आग्रह गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal