आज :

सहकारीको पैसा कांग्रेस र एमालेले पनि अपचलन गरेको छ: सांसद सिंह

  • अनलाइन डबली

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सहकारीमा १ खर्ब भन्दा बढी पैसा अपचलन भएको बताएका छन् ।

आइतबार संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै सांसद सिंहले सहकारीको पैसा रास्वपाले मात्र नभएर कांग्रेस र एमालेले पनि अपचलन गरेको बताएका हुन् ।

सिंहले भने, ‘सहकारीको नेपाली जनताको कर पसिनाको पैसा जुन १ खर्ब भन्दा बढी पैसा अपचलन भएको छ, त्यो अपचलन कुनै एउटा रास्वपाले मात्र होइन, बास्तबमा सहकारीको लागि न्यायीक छानबिन समिति यसको लागि उपयुक्त होइन, किनकी ३० वर्षदेखी यो देशमा शासन कांग्रेस र एमालेले गरिरहेको छ । त्यसैले यो सहकारीको पैसा एमाले, कांग्रेसले अपचलन गरेको हो । रविको मुख बन्द गराउनको लागि नयाँ सरकारमा समावेश गरेको हो । तर यसमा सर्वोच्च अदालतले न्यायीक छानबिन गर्न आवश्यक छ ।’

साथै, सिंहले सहकारीका दोषिहरुलाई कारवाही गरिनुपर्ने बताए । उनले सहकारीको पैसा अपचलन गरेकाहरुबाट पैसा असुल गरेर सहकारी पीडितहरुलाई हस्तान्तरण गर्नुपर्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal