आज :

मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा चार जना दोषी ठहर

  • अनलाइन डबली

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा चार जना दोषी ठहर भएका छन् । बिशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले हिजो मेलम्ची आयोजनासम्बन्धीे भ्रष्टाचार मुद्दामा तत्कालीन सचिव गजेन्द्र ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा, सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मालाई दोषी ठहर गरेको हो । पूर्वसचिव भीम उपाध्याय, सञ्जय शर्मासहित ११ जनाले भने सफाइ पाएका छन्  ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजनाको विभिन्न प्रकृति र चरणमा अनियमितता भएको आरोपमा २०८० साल फागुन ६ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । परामर्शदातासहित चार कम्पनीलाई बिगो कायम गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal