आज :

पाकिस्तानका विभिन्न शैक्षिक संस्थाहरूबाट स्नातक उत्तीर्ण गरेका नेपालीहरु सम्मानित

  • अनलाइन डबली

काठमाडौँ । पाकिस्तानका विभिन्न शैक्षिक संस्थाहरूबाट स्नातक उत्तीर्ण गरेका नेपाली नागरिकहरूलाई सम्मान गरेको छ। दुतावासले शनिबार आफ्नो वार्षिक पूर्व विद्यार्थी गेट टुगेदरको आयोजना गर्ने परम्परालाई निरन्तरता दिँदै सम्मान दियेको हो।
पाकिस्तान प्राविधिक सहायता कार्यक्रम (PTAP) अन्तर्गत MBBS, BDS, D. फार्मेसी, BS इन्जिनियरिङ् आदिमा छात्रवृत्ति प्राप्त गर्नेहरूका साथै जनसञ्चार र कृषि लगायतका अन्य क्षेत्रमा स्नातक गरेकाहरू सम्मान पाउनेमा समावेश थिए।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीले नेपाल–पाकिस्तान मैत्री सम्बन्धको गहिराइ र न्यानोपनको स्मरण गर्दै नेपालको विकास र विशेषगरी प्राविधिक क्षेत्रमा पाकिस्तानले गरेको सहयोगको प्रशंसा गर्नु भयो।
नेपाल र पाकिस्तानबीचको P2P सम्बन्धलाई मजबुत बनाउन योगदान पुर्‍याउने प्रमुख शिक्षाविद् र सामाजिक व्यक्तित्वहरू पनि कार्येक्रममा सहभागी थिए।

नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले नेपाली विद्यार्थीलाई पाकिस्तानले दिएको शैक्षिक छात्रवृत्तिले पाकिस्तान र नेपालबीचको जनस्तरको सम्बन्धको निकटता झल्काएको बउनुभयो । उनले पाकिस्तानमा रहँदा नेपाली विद्यार्थीहरूले जीवनभरको मित्रता बनाएको र जीवनभर सकारात्मक सम्झनाहरू बोकेर बसेको बताउनु भयो । आगामी दिनमा पनि नेपाली विद्यार्थीलाई शैक्षिक छात्रवृत्तिमा पाकिस्तानको निरन्तर सहयोग रहने राजदूत हाश्मीले आश्वासन दिनु भयो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal