आज :

माक्र्सवादी ज्ञान केन्द्रको अधिवेशन सम्पन्न अध्यक्षमा मनहरी तिमल्सीना

  • गोपी ज्ञवाली

काठमाण्डौ । माक्र्सवादी ज्ञान केन्द्रको तेस्रो अधिवेशन शनिवार सम्पन्न भएको छ भने अध्यक्षमा मनहरी तिमल्सीना चयन हुनु भएको छ ।

रामशाह मार्ग स्थित कृषि विकास बैंकको कर्मचारी सभाहलमा सम्पन्न भएको अधिवेशनबाट अध्यक्षमा मनहरी तिमल्सीना, वरिष्ठउपाध्यक्षमा ईन्द्रराज भटटराई, उपाध्यक्षमा रेशम कुमार अधिकारी, महासचिवमा हुमनाथ न्यौपने, उपमहासचिवमा दुस्यन्त बटटराई, सचिवमा सागर पोखरेल, कोषध्यक्षमा राधिका ओझा लगाएत गरी १७ सदस्यीय केन्द्रीय समिति चयन भएको माक्र्सवादी ज्ञान केन्द्रका उपाध्यक्ष ईन्द्रराज रेग्मीले बताउनु भएको छ ।

भर्चुवल र भौतिक गरी दुबै प्रकारको उपस्थिती रहेको उक्त अधिवेशनमा देश भरीबाट अधिकांश प्रतिनिधी प्रवेक्षक अनलाईनबाट जुममा जोडिएका थिए भने काठमाण्डौ भित्र रहेका प्रतिनिधीहरुको मात्र सभाहलमा भौतिक सहभागिता रहेको थियो । उक्त कार्यक्रमा प्रमुख अतिथीको रुपमा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय स्कुलिंग विभाग प्रमुख प्रमेश हमाल रहनु भएको थियो भने विषेश अतिथीमा माओवादी केन्द्रकी नेतृ एवं पुर्व संचार मन्त्री रेखा शर्मा रहनु भएको थियो ।

अधिवेशनले केन्द्रीय सदस्यहरुमा कास्कीबाट भिम प्रसाद सुवेदी, सर्लाहीबाट भुपनारायण यादव, भक्तपुरबाट त्रिविक्रम ज्ञवाली, मोरंगबाट सिता कडरिया, रुपन्देहीबाट टिका ओली, नुवाकोटबाट डा.शंकर खतिवडा, मकवानपुरबाट आस्ता धिमिरे, कन्चनपुरबाट राजुराम सार्की भुल, बागमतीबाट मिना देवी नेपाल र झापाबाट लक्ष्मण गुरुंग निर्वाचित हु्नु भएको वरिष्ठ उपाध्यक्ष भटटराईले बताउनु भएको छ ।

चौथो केन्द्रीय साधारण सभा एवं तेस्रो अधिवेशनले विभिन्न विभागहरुको समेत गठन गरेको छ । कोविडको भयावह स्थिती रहेको बेलामा आज भन्दा ४ वर्ष पहिलो माक्र्सवादी ज्ञान केन्द्रले जुमको माध्यमबाट भर्चुवल रुपमा नै यो ज्ञान केन्द्र गठन गरेको थियो । यो भेलाले ११ सदस्यीय सल्लाहाकार समिति गठन गरेको छ जसमा संयोजक डा. निमानन्द रिजाल, सचिवमा विश्षेवर कटटेल रहनु भएको छ यसै गरी ७ सदस्यय प्रचार तथा प्रकाशन विभाग गठन गरेको छ जसमा प्रमुखमा मनहरी तिमल्सीना एवं सचिवमा गोपी ज्ञवाली रहनु भएको छ । यसै गरी अनुसाशन तथा मुल्याँकन विभागको प्रमुखमा विश्वश्वर कटटेल सचिवमा नमिता न्यौपाने, प्रशिक्षण तथा समन्वयन विभागको प्रमुखमा ईन्द्रराज भटटराई एवं सचिवमा कार्लविक्रम थापा, व्यवस्थापन विभागको प्रमुखमा दुश्यन्त भटटराई सचिवमा भुवन पौडेल, साहित्य कला विभागको प्रमुखमा त्रिविक्रम ज्ञवाली सचिवमा आस्था घिमिरे, अक्षकोष व्यवस्थापनको प्रमुखमा डा.सुरेन्द्र गिरि रहनु भएको छ ।
पठन संस्कृति हराउदै गएको अवस्थामा माक्र्सवादी ज्ञान केन्द्रले भर्चुवल माध्यमबाट देश विदेशमा रहेका युवाहरुमा विभिन्न प्रकारका डिस्कोर्स, पुस्तक समिक्षा, समसामयीक विषयमा विभिन्न प्रकारका अन्तक्रिया गराउदै आएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal