 
	
काठमाडौँ । भाषा, साहित्य, कला संस्कृतिको सम्वर्धनमा नयाँ पुस्तालाइ हौसला दिनु पर्नेमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठले जोड दिनुभएको छ।
नेपालभाषा केन्द्रीय विभागको ४४ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै, राज्यको तर्फबाट आर्थिक टेवा दिन सके भाषा, साहित्य , कला सस्कृति लाइ जीवित राख्न मद्दत गर्ने बताउदै उहाले बताउनु भयो – ‘‘ मैले काठमाडौँ महानगरको उप प्रमुख हुँदा यस बिषयको सम्रक्षनको लाइ रकम छुट्याई दिएको छु। काठमाडौँ उपत्यका जीवन्त सङ्ग्रहालय हो, यहाँ भएको मूर्त–अमूर्त सम्पदा, संस्कृतिको रक्षार्थ पहिलेदेखि लागि परेको र अहिले पनि मैले यस बिषय संग जोडिएको मन्त्रालयको जिम्मेवारी पाउदा थप यसमा काम गर्ने मौका पाएको छु , भाषा , कला सम्पदालाइ सम्रक्षण गर्ने जिम्मा पाएका युवा पुस्ताले यसलाईआय आर्जनको बाटोमा समेत लान सकिन्छ। ’’
बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपालभाषा, साहित्य र समालोचना विधाको उत्थानका लागि अनवरत योगदान पु र्य ाउनु भएका प्रा. प्रेमशान्ति तुलाधरलाई वैकुण्ठ लाकौल पुरस्कारबाट सम्मान गरिएको छ।
नेपालभाषा केन्द्रीय विभागबाट अनुसन्धानात्मक कार्य भइरहेको र बागमती प्रदेशमा नेपालभाषा सरकारी कामकाजी भाषा भनेर घोषणा भइसकेको हुनाले सरकारी निकायलाई भाषामा दखल भएका जनशक्ति आवश्यक भएको खण्डमा विभागले सहयोग गर्ने नेपाल भाषा विभागका प्रमुख राजनलाल जोशीले प्रतिबद्धता ब्यक्त गर्नु भयो।
नेपालभाषा साहित्य, संस्कृति र नेवाः सभ्यता उत्थानको लागि योगदान दिएका व्यक्तित्वहरुलाई निरन्तर वैकुण्ठ लाकौल पुरस्कार तथा महिला विद्यार्थीको प्रोत्साहनको लागि चैन लाकौल पुरस्कार प्रत्यक बर्ष प्रादान गरिदै आएको छ।
कार्यक्रममा गत तीन शैक्षिक सत्रमा नेपालभाषा स्नाकोत्तरमा सबैभन्दा बढी अङ्क ल्याई उत्तीर्ण कृष्णप्यारी श्रेष्ठ, पद्मा खयरगोली र रजनी श्रेष्ठलाई चैन लाकाैल पुरस्कारबाट सम्मानित गरिएको छ।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          

 बुद्धशरण शाही
बुद्धशरण शाही






