आज :

साफ यू–२० च्याम्पियनसिपको फाइनल खेल आज, नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै

  • अनलाइन डबली

काठमाडौं । राजधानीमा जारी साफ यू–२० च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । सातदोवाटोस्थित एन्फा मैदानमा दिउँसो साढे २ बजे सुरु हुने फाइनल खेलमा घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुन लागेको हो ।

नेपालले भुटानलाई र बंगलादेशलाई भारतलाई पेनाल्टी सटआउटमा पराजित गर्दै एकअर्काविरुद्ध उपाधि भिडन्त पक्का गरेका हुन् ।

दुवै खेलमा एक एक गोलको नतिजा आएपछि फाइनल पुग्ने टिमको छिनोफानो पेनाल्टीबाट गरिएको थियो । नेपाल र भारत समूह चरणमा पनि भिडेका थिए । जसमा नेपाल विजयी भएको थियो ।

सुरुका दुई संस्करणको उपाधि जिते यता थप ३ संस्करणमा फाइनल पुग्न पनि असफल नेपाल उपाधि जित्ने लक्ष्यमा रहेको छ । उता, बंगालदेशपनि यसअघिका संस्करणमा भारतसँग फाइनलमा पराजित हुँदै उप विजेतामा सिमित हुन पुग्दै आएको टिम हो ।

बंगलादेश पनि नयाँ इतिहास बनाउने लक्ष्यका साथ मैदान उत्रिने छ । दुवै टिमका प्रशिक्षक र कप्तानले फाइनल खेल उपाधि जित्नकै लागि मैदान उत्रने प्रतिक्रिया दिएका छन् । उनीहरुले समूह चरणमा गरेका गल्तीलाई सुधार गर्दै फाइनल खेल्ने बताएका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal