काठमाडाैँ । मर्स्याङ्दी नदीमा खसेर भएकाे बस दुर्घटनामा परी ज्यान गुमाउनेकाे संख्या २७ पुगेकाे छ । शुक्रबार दिउँसाे तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित मर्स्याङ्दी नदीमा बस खसेर दुर्घटना भएकाे हाे ।
भारतीय नम्बर प्लेट–७६२३ को बस मर्स्याङ्दी नदीमा दुर्घटना परी घाइते भएका १६ जनालाइ काठमाडाैँ ल्याइएकाे छ । प्रहरीका अनुसार २६ जनालाई आँबुखैरेनीमै मृत घोषणा गरिएको र एकजनाको भरतपुरमा मृत्यु भएको छ । मृतकहरूको सनाखत भैसकेको छैन ।
भारतबाट पोखरा हुँदै काठमाडौँ आउँदै गरेकाे बस दुर्घटनामा परेका थियाे । बसमा चालका दलका दुई जना र ४१ यात्रु भारतीय नागरिक रहेकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा ज्यान गुमाउनेमा अनंत ओंकर ईंगके, सिमा ईंगदे, सुहास राणे, शरण राणे, चंदना राणे, सुधाकर जावके, रोहिणी जावके, विजया कुडु जावके, भारती प्रकाश जावके, सागर जावके, तुल्सीराम तायडे, शरण तायडे, भंगरण राणे, प्रकश कोखी, रेखा कोखी, संदिप सरोडे,, पसवी सरोडे, गोकर्णी सरोडे, हेमराज सरोडे, रुपाक्षी सरोडे, अनुप सरोडे, गणेश भांरबे, मिलन भांरवे, सुलभा भांरवे, बिजसा जावसे, भारती भिरुक, शारदा पाटीह, नित्ठोमा जावरे, कुमुदिनी झाँवर, धानेन्दधर बोड, आशा बोड, आशा बावस्कर, आशाखा पांडुरंग, सुनिस धाँडे, सरोज भिरुड, पंकज भंगादे र वर्षा भंगादेलगायत परेका थिए ।


अनलाइन डबली


