रसुवाकाे गोसाइँकुण्डमा आज मेला लागेको छ । जनैपूर्णिमाको अवसरमा लाग्ने यो मेला नागपंचामिदेखी सुरुभएको हो। समुद्र सतहदेखि १४ हजार एक सय फिट उचाइमा सो अवस्थित पवित्र तीर्थस्थल छ । सोमबार बिहान सबेरैदेखि कुण्डमा स्नानको एवम् पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।
जनैपूर्णिमाकोे दिन पूजाआजा गर्नाले सम्पूर्ण देवताको दर्शन पाई मनोकाङ्क्ष पूरा हुने धार्मिक विश्वासका साथ भक्तजन कुण्ड अर्थात् निलाद्री पर्वत पुग्ने गर्दछन् ।
धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी चार ओटा पदमार्ग सञ्चालनमा छन् । त्यहाँ पुग्नका लागि तीन ओटा मुख्य बाटो छ । काठमाडौँ–धुन्चे–गोसाइँकुण्ड बाटो गोसाइँकुण्डको सबैभन्दा बढी चल्ने बाटो हो । काठमाडौँबाट धुन्चेसम्म सवारीमा यात्रा गर्न सकिन्छ ,भने घ्यान्फेदी भएर पनि पुग्न सकिने भएको छ ।
त्यसपछि धुन्चे–चन्दनबारी, चन्दनबारी–लौरीबिनाएक र लौरीबिनाएक हुँदै पैदलयात्रा गरेर गोसाइँकुण्ड पुग्न सकिन्छ ।
यस्तो छ आख्यान –
दानव र देवता मिली समुद्र मन्थन हुँदा निस्किएको कालकुट विष सेवन गरेका महादेव छटपटाउँदै रसुवाको सिलुगोसाइँकुण्ड पुगेछन् । विषपानबाट छटपटाएका महादेवलाई समेत शान्त पार्न सक्ने तीर्थस्थल शिलुतीर्थमा जनैपूर्णिमाका दिन काठमाडौंलगायत देशका विभिन्न स्थानबाट ठूलो संख्यामा तीर्थलु श्राद्ध, दान, पितृ तर्पण गर्न पुग्ने गर्छन् । यस दिन शिलु जान नपाएका वा नस्क्नेले पाटनको क्वन्ती (बालकुमारी) पुग्ने गर्दछन् । जनैपूर्णिमाकै दिन काठमाडौं उपत्यकाका ज्यापू समुदायमा ब्याँचा र क्वया जङ्कु नाउँका काग र भ्यागुतोलाई खानेकुरा खुवाउने परम्परा छ । शुभ समाचार दिने काग र खेतको उर्वर शक्तिलाई मलजल गर्न पानी बोलाउने भ्यागुतोको गुणलाई स्मरण गर्दैपूजा गर्ने गरिएको हो । जनैपूर्णिमामा बनेपाको शिलुमा मेला लाग्छ ।