आज :

बेचन झालाई थुनामा पठाउने अदालतको आदेश, टाेपबहादुरसँग भेट गर्ने

  • अनलाइन डबली

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले बेचन झालाई थुनामा पठाउन आदेश दिएको छ ।

आइतबार न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

सरकारी वकिलको कार्यालयले साउन २९ गते झाविरूद्ध ठगी, लिखत कीर्ते, राज्‍यविरूद्ध र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो ।

झा पक्राउ परेसँगै उच्चस्तरका राजनीतिक नेक्सस पत्ता लाग्ने प्रहरी अधिकारीहरुको दाबी रहेपनि मुद्दाको प्रतिवेदनअनुसार झाको बयानमा थप व्यक्तिको संलग्नता पुष्टि नभएको बताइएको थियो ।

थुनामा रहेका एमाले नेता टाेपबहादुर रायमाझीसँग भेट हुने बताइएकाे छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal