
काठमाडौं । नेपालले आसीसी यू-१९ क्रिकेट विश्वकपको एशिया क्वालिफायर २०२५ को आयोजना गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आगामी अप्रिल १२ देखि २१ सम्म काठमाडौँमा सो प्रतियोगिता आयोजना हुने भएको हो । प्रतियोगिताको विजेताले २०२६ मा हुने आइसीसी यू-१९ विश्वकपमा भाग लिन पाउने छ ।
यू-१९ एशिया क्वालिफायरमा आयोजक नेपालसहित अफगानिस्तान, ओमान, हङकङ र युएईले भाग लिने छन् ।
१६ देशले भाग लिने यो प्रतियोगिता जिम्बाबेले आयोजना गर्ने बताइएको छ ।