काठमाडौं उपत्यकामा आदिबासी नेवार र तामाङ समुदायले संयुक्तरुपमा मनाईने जात्रा साँखुको बज्रयोगिनी जात्रा , नुवाकोटको भैरबी जात्रा , बालाजुको बाईसधारा नुहाउने मेला वा तीमाल जात्रा जस्तै गाईजात्रापनि बौद्ध तामाङ कल्याण गुठिको अगुवाई भएको छ । हुन त आदिकालदेखिनै नेवार तामाङसमुदाय बीच चुपचाप जात्रा पर्व पुजा संस्कृतिमा संयुक्त सहभागिता रहदै आईरहेकै हो त्यसमाथि परम्परालाई घोषित रुपमानै रोपाई जात्रा मनाउन थालेपछि अझै प्रमाणित गरिदिएको पाईन्छ ।
करिब तीनसय पचास वर्षपहिलेदेखि काठमाडौं उपत्यकामा मनाउँदै आएको गाईजात्रा र रोपाई जात्रामा बौद्धका तामाङ समुदायको पनि घोषित रुपमा सहभागिता रहेको २०५७ सालदेखिमात्र हुन आएको बताईन्छ । चुपचाप बौद्ध क्षेत्रमा भव्य झाँकी प्रदर्शन नाचगान हास्य ब्यङ्ग्य प्रहसन डम्फु बाजा प्रर्दशनीका साथ तामाङ समुदायले रोपाई जात्रा मनाईदै आईरहेको पाईन्छ । जुन जात्रालाई घोनाइ जात्राको नाउँमा बौद्ध तामाङ गुठिको नेतृत्वमा मनाउँन थालिएको हो ।
बौद्ध क्षेत्रका ३९ वटा सङ्घ संस्थाको सहभागितामा भदौ ४ र ५ गते मनाइने गाईजात्रा नेवार परम्परानुसार मृतकका नाउँमा घरघरबाट सापारु अर्थात गाईको झाँकी बनाएर गाईजात्रा निकालेपनि बौद्ध क्षेत्रमा प्रचलित रोपार्ईजात्रा भने भोलिपल्ट द्धितियाको दिन मनाईने गरिन्छ । यस वर्षको जात्रालाई सुव्यवस्थित बनाउन बौद्ध तामाङ कल्याण गुठिका अध्यक्ष जयमङ्गल लामा संयोजक हुनुहुन्छ ।
समितिका प्रवक्ता एवं बौद्धनाथ क्षेत्र विकास समितिका पूर्व अध्यक्ष सम्पूर्णकुमार लामाले यस पर्वबारे जानकारी दिंदै भन्नुभयो,“सत्रौं शताब्दीमा राजा प्रताप मल्लले आफ्नो छोरा चक्रवर्तिन्द्र मल्लको निधनमा शोकबाट डुबेकी रानीको चित्त बुझाउन गाईजात्राको आयोजनागरी यस वर्ष निधन भएको घरबाट गाईलगायत विभिन्न झाकी स्वरुपले नगरपरिक्रमा गराउन उर्दि जारी भएको बताईन्छ । सोही गाईजात्राको भोलि पल्ट मनाईने रोपाई जात्रालाई व्यवस्थित बनाउन स्थानीय संस्थाहरुमाझ विविध जिम्मेवारी बाँडफाडपनि गरिएको छ ।” जीवन अनित्य छ , क्षणभंङगुर छ , मृत्यु सत्यलाई कसरी मनोरञ्जनपुर्ण बनाई समाजमा मानिसलाई कसरी आडभरोसा प्रदान गर्न सकिन्छ भनेर आयोजना गर्न थालेको गाई जात्रा रोपाईं जात्रामा वर्तमानमा जातिय क्षेत्रीय मात्र नभई राष्टिय पर्वको रुप धारण गरिसकेको अबस्थामा पुगिसकेको पाईन्छ । काठमाडौं , ललितपुर , भक्तपुरमा मात्र नभई देशका विभिन्न नेवार समुदाय पुगेका बस्तीहरुमा अन्य समुदायसंग मिलेरपनि गाईजात्रामा लाखे, रोपार, बाउसे, हलि, घोडा बनेर महिला÷पुरुष, बालबालिकाले विभिन्न पहिरनमा निस्केर अनेक भावभङ्गीमा हास्यव्यङ्ग प्रदर्शन गर्ने गरेको पाईन्छ । त्यसैगरी रोपाईं जात्रालाई भव्य र सभ्य तरिकाले सम्पन्न गराउन बौद्ध तामाङ कल्याण गुठीको संयोजकत्व , काठमाडौँ महानगरपालिका वडा–६ र श्री बौद्धनाथ क्षेत्र विकास समितिको विशेष सहयोग रहेको बताईएको छ ।
काठमाडौं महानगरपालिका वडा–६ का वडा अध्यक्ष भुवन लामाले यस जात्रासँग आफ्नो वाल्यकालदेखिकै संलग्नता रहेको अनुभव सुनाउँदै ऐतिहासिक जात्रा पर्व संस्कृति मनाउने क्रममा विश्व सम्पदा सूचिमा सुचिकृत बौद्धनाथ क्षेत्रमा आउने पर्यटकका साथै सहभागी सबैलाई मनोरञ्जन दिलाउन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष लामाले सांस्कृतिक गतिविधी बौद्धनाथ क्षेत्रको अमूर्त सम्पदा हुन्, यसलाई सभ्य र भव्य बनाउन १६ लाख रुपियाँ बजेट सहयोग गर्ने प्रतिवद्धता एक पत्रकार भेटमा जनाउनुभएको हो ।
गाईजात्रा तथा रोपाईजात्रा (घोनाई) २०८१ मा विभिन्न सङ्घ संस्थाको सहभागितामा बौद्ध फूलवारी, पिपलबोट, टुसालचोक, बौद्ध मुलगेट हुँदै बौद्ध परिक्रमा ¥यालीको आयोजना पनि गरिनेछ ।
त्यसैगरी रोपाईजात्रामा सहभागी विभिन्न समूहमध्ये उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई पुरस्कारको व्यवस्था गरिएको छ ।
निर्णायक समितिको मुल्याङ्कन अनुसार प्रथम, द्वितिय, त्रितिय र सान्त्वना स्थान हासिल गर्ने समूहलाई क्रमशः दशहजार रुपियाँ, सात हजार रुपिया, पाँचहजार रुपियाँ र पच्चिससय नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने समितिले जनाएको छ ।
यस वर्ष रोपाईजात्रोको अवसरमा लाखे, रोपार, बाउसेको रुपमा मनोरञ्जनात्मक प्रस्तुतीको साथै चर्चित हास्यव्यङ्ग कलाकारहरु लक्ष्मण गाम्नाङे, राजा राजेन्द्र केसीलगायतका कलाकारहरुको प्रस्तुती, नाटक, तामाङ सेलो, मारूनी नृत्य, खैंजडी समूहको प्रस्तुती समेत रहने आयोजकले जानकारी दिएको छ ।