आज :

‘ चाकु ’ लाइ ब्राण्डीङ्ग गरि अन्तर्राष्ट्रिय बजारमा जानु जरुरि छ : मन्त्री पौडेल

  • अनलाइन डबली

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले नेपाली परम्परा गत उत्पादन ‘ चाकु ’ लाइ ब्राण्डीङ्ग गरि अन्तर्राष्ट्रिय बजारमा जानु पर्ने बताउनु भएको छ। टोखा परम्परागत चाकु सम्रक्षण समाजले आज आयोजना गरेको एक कार्येक्रममा मन्त्री पौडेलले उक्त धारणा राख्नु भएको हो।

नेपाली मौलिक परम्परा संग जोडिएर रहेको ‘ चाकु ’ लाइ खद्य गुणस्तर अनुसार मापदण्डमा रहेर उत्पादन गर्न सके नेपाली चकलेट कोरुपमा नामांकरण गरि अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सकिने धारणा राख्नु भयो। मन्त्री पौडेलले भन्नु भयो ‘ चाकुलाइ सुरुमा नेपाली चकलेट हो भनेर नेपालमा नै परिचय बनाएर आधिकारिअकता प्रधान गर्नु जरुरि छ । हाम्रो उत्पादनहरुलाई परम्परागत पद्दति संगै मापदण्डमा जोड दिन जरुरि छ। ’ उहाले चाकु उत्पादक र ब्यबसायीहरुलाइ ब्राण्डीङ्ग गर्ने बिषयमा छिट्टै छलफल गर्ने बताउनु भयो।

यसै गरि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले अन्तर्राष्ट्रीय बजारमा ब्राण्डीङ्गकोलागी स्थानीय सरकारले गर्नु पर्ने भूमिका / सहयोग गर्ने बताउनु भयो। उहाले टोखाको पहिचान नै ‘ चाकु ’ भएकै कारण यसलाई प्रवर्धन गर्न नगरपालिकाले प्रत्यक बर्ष यस सम्बन्धित कार्येक्रम गर्दै आएको बतानु भयो।
काठमाडौँ उपत्यकाको उत्तर पश्चिम स्थित रहेको पुरानो ऐतिहासिक बस्ती नेपाल भाषामा तुँ ख्य: अर्थात् उखु + खेत बात नै अप्भंस भइ टोखा नामांकरण भएको जानकारहरु बताउ छन्। टोखा नगरपालिकाले चाकु उत्पादनको लागि आवस्यक कच्चा पर्दार्थ आपूर्तिकालागि उखु उत्पादन अत्यधिक हुने गुल्मी नगरपालिका संग भगिनी सम्बन्ध समेत स्थापना गरेको छ।

टोखामा उत्पादन हुने चाकु उपत्यकाभित्र र बाहिर खपत हुने गरेको छ ।  टोखा परम्परागत चाकु सम्रक्षण समाजका अध्क्षय कृष्णले पछिल्लो समय अमेरिका, युरोप, अष्ट्रेलिया र चीनलगायतका देशमा समेत चाकु जाने गरेको बताउनुभयो  ।  श्रेष्ठका अनुसार अहिले चाकुको माग धेरै तर प्रत्यक बर्ष माघे संक्रान्ति र परम्परा संग जोडिएको कारण सीमित उद्यमी बात मात्र उत्पादन हुदा भ्याइनभ्याइ छ । उहाँका अनुसार विगतमा चाकु परम्परागत रुपमा नै बनाउने गरिएको भए पनि पछिल्लो समय आधुनिक मेसिनको पनि प्रयोग हुन थालेको छ ।

फोटोहरु-

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal