ललितपुर । ललितपुर महानगरपालिकाले ‘तस्वीरमा – नगर प्रहरी’ नामको पुस्तक सार्वजनिक गरेको छ । महानगरको नगर प्रहरीले गरेका कामहरूको बारेमा समेटिएको फोटो पुस्तक मेयर चिरीबाबु महर्जनले आज सार्वजनिक गर्नुभएको हो ।
कार्यक्रममा मेयर चिरिबबुले ललितपुर महानगरले सम्पदाको संरक्षणलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । मेयर महार्जले भन्नु भयो – ‘ ललितपुर महानगरपालिकाले लिएका धेरै नीतिहरूमध्ये सम्पदा क्षेत्रको संरक्षणको नीति प्राथमिकताका साथ ललितपुर महानगर अघि बढाएको छ ।, सम्पदा संरक्षणमा कुनै सम्झौता नहुने गरि हामीले काम अगाडी बढाएका छौ ।, ललितपुर महानगर क्षेत्रभित्र रहेका सम्पदाहरूलाई सम्मान गरेर महानगर यसको संरक्षणमा जुटेको छ ‘ ’महानगरको यस काममा नगर प्रहरीले बिशेष भूमिका निर्बाह गरेको छ । ’
पुस्तकमा ललितपुर महानगर प्रहरीले गरेका कामका तस्वीर र जानकारी समेटिएका छन् । केही समयअघि मात्र ललितपुर महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घरघरमा नगर प्रहरी’ अभियान शुरू गरेको थियो । अभियानअन्तर्गत नगरवासीका समस्या र गुनासो सुन्न नगर प्रहरी स्थानीयवासीको घरघरमै पुग्ने महानगरको भनाइ छ । नगर प्रहरीले महानगरको वातावरण सरसफाइ, फुटपाथ व्वस्थापन, सम्पदा संरक्षण लगायतका काममा उल्लेख्य काम गरेको ललितपुर महानगरपालिकाले बताएको छ ।