आज :

बंगलादेशमा थप चर्कियाे आन्दोलनः एकैदिन ९० जनाको मृत्यु, हल्लियो हसिनाको कुर्सी 

  • अनलाइन डबली

काठमाडौं । बंगलादेशमा आन्दोलन थप चर्किएको छ । सुरुमा सरकारी आरक्षण कोटा प्रणाली खारेजीको लागि विद्यार्थीहरुले सुरु गरेको आन्दोलन अहिले प्रधानमन्त्री शेख हसिनाको राजिनामा माग्दै थप चर्किएको हो ।

विद्यार्थीको आन्दोलनले आरक्षण कोटा प्रणाली खारेज गर्न सफल भएको छ । विद्यार्थीले थप मागसहित आन्दोलन पुनः चर्काएका छन् । आइतबार एकै दिन ९० जनाभन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ । जसमा १४ जना सुरक्षाकर्मी रहेका छन् ।

सुरक्षाकर्मीको गोली लागेर २०० जना आन्दोलनकारी घाइते भएका छन् ।

आन्दोनकारीले सिराजगञ्जको एक प्रहरी चौकीमा गरेको हमलामा  परी प्रहरीको निधन भएको थियो । त्यसपछि सरकारले अनिश्चितकालीन कर्फ्यू लगाएको छ। त्यहाँको गृहमन्त्रालयले सबै प्रमुख सहरहरूका साथै, नागरपालिका, औद्योगिक क्षेत्र र जिल्ला सदरमुकाम क्षेत्रमा मानिसहरूलाई बाहिर निस्कन रोक लगाइएको छ।

राजधानी ढाकामा मोबाइल उपकरणहरूमा प्रयोग गरिने इन्टरनेट बन्द गरिएको छ। बाङ्ग्लादेशको दूरसञ्चार नियामक निकायका अधिकारीले फोरजी इन्टरनेट बन्द गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । फेसबुक र ह्वाट्सएप जस्ता सामाजिक सञ्जालमा समेत सरकारले प्रतिबन्ध लगाएको छ ।

सोमबार राति पनि आन्दोलनकारीले कर्फ्यू तोड्दै सडकमा निस्किएका छन् । प्रहरीले अश्रुग्याँस र रबरको गोली चलाएको छ। रातिभरी राजधानी ढाकाको मुख्य चोकमा हजारौँ मानिसहरू भेला भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।

थप देशव्यापी बनाउन विपक्षले तयारी गरिरहेका छन् । आन्दोलनकारीले सरकारविरुद्ध अवज्ञा आन्दोलनको घोषणा गरेका प्रदर्शनकारी विद्यार्थीहरूले मानिसहरूलाई सरकारलाई कर र पानी, बिजुली लगायतका बिलको पैसा नतिर्न आह्वान गरेका छन्।

योसँगै प्रधानमन्त्री शेख सहिनाको पार्टीले पनि आन्दोलनको विपक्षमा प्रदर्शन गरिरहेको छ । आन्दोलनकारीले राजिनामाको माग अगाडि सारेसँगै प्रधानमन्त्री हसिनाले पनि आफ्ना नेता कार्यकर्तालाई पनि सडकमा निस्किन आदेश दिएकी छन् ।

विगत १६ बर्षदेखि लगातार सत्तामा रहेकी हसिनाको कुर्सी हल्लिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal