आज :

डेंगी रोकथाम तथा नियन्त्रणका लागि रणनीति सार्वजनिक

  • अनलाइन डबली

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगी रोकथाम तथा नियन्त्रणका लागि रणनीति सार्वजनिक गरेको छ । मन्त्रालयले लामखुट्टेको वासस्थान खोजी नष्ट गर्ने अभियान र डेंगीबाट ज्यान जाने अवस्थालाई शून्यमा कायम राख्ने प्रमुख दुई रणनीति सार्वजनिक गरेको हो । मन्त्रालयले सिफारिस गरिएको यो बिधि विश्वव्यापी रूपमै प्रभावकारी मानिएको जनाएको छ ।

यसका साथै मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय सरकार तथा सम्बद्ध निकायहरूले गर्नुपर्ने क्रियाकलापहरूसहितको डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजना, २०८१ स्वीकृत गरी कार्यान्वयनका लागि सात वटै प्रदेश र सबै स्थानीय तहमा पठाइसकेको जनाएको छ ।

पालिका मार्फत खोज तथा नष्ट अभियानलाई व्यापक रूपमा सञ्चालन गर्न यस आर्थिक वर्षका लागि सात करोड ९८ लाख रकम विनियोजन गरिएको छ । साथै, ७७ वटै जिल्लाहरूमा पनि झण्डै दुई करोड बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । यस्तै डेंगी परीक्षणका लागि किट र स्वास्थ्यकर्मीहरुलाई तालिम पनि दिएको मन्त्रालयले जनाएको छ ।

यस वर्ष अहिलेसम्म मुस्ताङ, डोल्पा, हुम्ला र जुम्ला बाहेकका ७३ जिल्लामा दुई हजार ६० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal