आज :

तीन जना राज्यमन्त्री नियुक्त, नागरिक उन्मुक्तिबाट अरुणकुमार चौधरी

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

सरकारको सिफारिसका शुक्रबार राष्ट्रपति पौडेलले नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका तीन जना सांसदहरूलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

शीतलनिवासका अनुसार राष्ट्रपतिबाट कांग्रेस सांसद पूर्णबहादुर तामाङ र रुपा विक तथा उन्मुक्तिका तर्फबाट सांसद अरुणकुमार चौधरी राज्यमन्त्री नियुक्त भएका छन् ।

राष्ट्रपतिले तामाङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ, विकलाई वन तथा वातावरण र चौधरीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी तोकेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको १९ औं दिनमा रिक्त रहेको राज्यमन्त्रीको कोटालाई पूर्णता दिइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal