काठमाडौं । काठमाडौंको बल्खु खोलामा एक जनालाईे मृत अवस्थामा भेटिएको बताएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
अहिले बल्खु तरकारी बजार, कुलेश्वर, बाफल, त्रिपुरेश्वर करिडोर, धोबीखोला करिडोर, कीर्तिपुर लागयतका क्षेत्रबाट प्रहरीले डुबानमा परेकाहरुको उद्दार पनि गरेको छ ।
मृत्यु हुनेमा बाँके घर भइ सुकुम्बासी वस्तीमा बस्ने ४५ वर्षीय राम सरुप महतो भएको प्रहरीले बताएको छ । बुधबार बिहान साढे ७ बजेतिर उको शव बल्खु पुल मुनि अड्किएको अवस्थामा फेला परेको थियो ।
प्रहरीले कुलेश्वर र बल्खुबाट मात्रै ११ जनालाई सकशुल , नयाँ बसपार्कस्थित मितेरी पुलबाट २४ वर्षीया मनिषा बुढाथोकीलाई उद्धार गरेर गरेको छ ।