काठमाडौँ। जुवा (ओखर) खेलेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेकोछ । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले सोमबार काठमाडौँ महानगरपालिका-४ चुनदेबी बस्ने यम कुमारी आलेको घरमा जुवा (ओखर) खेलिरहेको अवस्थामा बुढानिलकण्ठ नगरपालिका-५ देउला टोल बस्ने २१ वर्षीय कबिर देउला समेत ९ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेका उनीहरूका साथबाट नगद १० लाख ११ हजार रुपैयाँ र जुवा खेल्न प्रयोग भएका १३ वटा ओखर समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।