आज :

‘केपी-देउवाको प्रतिगामी कदम र पूर्ण समानुपातिकको लागि आन्दोलन आवश्यक’

  • अनलाइन डबली

काठमाडौं । नेपाली काँग्रेस – नेकपा एमालेले समानुनिपातिक प्रणाली हटाउने बसह चलाइरहेको बेला सरोकारवालाहरुले पूर्णसमानुपातिकको लागि आन्दोलन गर्नुपर्ने धारणा राखेका छन् ।

सोमबार संवाद डबलीमा संयुक्त नागरिक पार्टीले आयोजना गरेको प्रशिक्षक–प्रशिक्षण कार्यक्रममा बोल्ने वक्ताहरुले काँग्रेस एमाले प्रतिगमनतिर उन्मुख रहेको बताएका छन् ।

आयोजक संयुक्त नागरिक पार्टी अध्यक्ष दलमर्दन कामीले देशमा ठूलो संघर्षमार्फत ल्याईएको वर्तमान परिवर्तनविरुद्धमा पुरातनवादी पार्टीहरु उल्ट्याउन उद्त रहेको भन्दै आक्रोष व्यक्त गरे । देशमा धर्मनिरपेक्ष, समावेशी र समानतामा आधारित राज्य व्यवस्था भनिए पनि त्यो व्यवहारमा लागु नभएको बताउँदै भने, ‘परिवर्तनका लगि लडेका अल्पसंख्यक र दलितको योगदान नभएजस्तै उल्ट्याउन केपी ओलीसम्म लागेका छन् ।’ उनले समानुपातिक प्रणालीको अपव्याख्या गरेर त्यसको दुरुपयोग गरेको बताए ।

‘सामानुपातिक प्रणालीको अपव्याख्यासँगै केही सिमित व्यक्तिहरुले दुरुपयोग गरिरहेका छन् । केपी–देउवा जस्ताहरुका आफन्त मात्रै नभएर गलफ्रेण्ड र ब्वाईफे्रण्ड भर्ति गर्न समानुपातिक हो’ कामीले भने ।

पूर्वराजदूत डा.निर्मल विश्वकर्माले काँग्रेस र एमालेले ७ बुँदे सहमति गरेर समानुपातिक–समाबेसिता हटाउने उल्लेख गर्नु दुर्भाग्य भएको बताएका छन् । विश्वकर्माले समानुपातिक पर्णालीलाई हटाउने मुख्य उद्देश्य भनेको काँग्रेस एमालेको कुकर्मा छोप्ने भएको बताउँदै भने, ‘यिनीहरुले लुटबाट कमाएको अकुत सम्पत्ति छोप्न प्रतिगमनमा जाँदै छन् ।’

त्यसैगरी प्रा.डा.महेन्द्र लावतीले देशमा समावेसी, समानुपातिक भने पनि अहिले पनि एकल जातियरुपले शासन ब्यवस्था चलेको बताएका छन् । पछिल्लो समयमा पहिचानवादीहरुले त्यसलाई ब्यवहारिकरुपम लागु गर्न दबाब दिएपछि समानुपातिक प्रणाली हटाउने षड्यन्त्र भएको आरोप लगाउँदै भने, ‘काँग्रेस–एमाले सुरुमा सामानुपातिक र विस्तारै संघियता, धर्मनिरपेक्षता हुँदै २०४७ तिर फर्कदैछन् सतर्क बनौं ।’

नगरिक पार्टीकी वरिष्ठ नेता कमला हेमचुरीले विभिन्न समयमा लगातार आन्दोलन र संघर्ष गरेर देशलाई विश्वका समृद्ध देशको स्तरमा पुर्याउने व्यवस्था ल्याएपनि सिमित मान्छेको लागि मात्रै भएको आरोप लगाईन् । नेपालमा वास्तविक कम्युनिस्टहरु भएको भए देशमा तत्काल समाजवाद आइसक्ने बताउँदै हेमचुरीले भनिन्, ‘कम्युनिस्टहरु जनताको पक्षमा भन्दा मौका पायो भने जनतालाई पेल्नेतिर लाग्छन् भन्ने कुराको केपी ओली ज्वलन्त उदाहरण हो ।’

देशका उत्पीडित जनतको पक्षमा आएको वर्तमान परिवर्तनलाई उल्ट्याउनतिर केपीओली उद्दत रहेको बताउँदै हेमचुरले प्रधानमन्त्री केपी शर्मा ओली समानुपतिक र समावेशीतालाई उल्ट्याउनेतिर लागेको र त्यसविरुद्ध आन्दोलन आवश्यक रहेको बताइन् ।

मानव अधिकारवादी डा.तेज रोक्काले हरेक तीन–तीन महिनामा देशको घटनाक्रम बदलिने गरेकोले देश अस्थिर बनेको बताए । भारतमा जस्तै नेपालमा पनि अल्पसंख्यकलाई असर पार्ने कार्य सुरु भएको बताए ।

पूर्व राजपरिषद सदस्य उत्तमकुमार परियारले प्रशिक्षण कार्यक्रम सफलताको शुभकामना दिँदै देशमा राजनीतिक अस्थिरता समाप्त गर्न धार्मीक क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताए ।

आमुल परिवर्तन रिपब्लिकन पार्टीका अध्यक्ष भरत गिरीले नागरिक पार्टी आशाको किरणका रुपमा आएको बताए ।
संयुक्त नागरिक पार्टीका सल्लाहकार डा.ऋषि रिमालले देश निकै नै संकटमा रहेको बताउँदै यस पार्टीले देशलाई संकटबाट मुक्त गर्ने अपेक्षा व्यक्त गरे ।

सल्लाहकार जेबी खातिले नेपाली शासकहरु देशको परिवर्तन भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थ र लाभको लागि केन्द्रीत भएको आरोप लगाए ।

सिडब्लुएनका अध्यक्ष डा.मित्र परियारले नेपालका नेताहरु राजशाही प्रवृत्तिबाट गुज्रिनुको परिणाम उनिहरुविरुद्धमा जनताको वितृष्णा जागेको बताउँदै, एकल धार्मीक जातिय संस्कृतिको अन्त्य गर्दै समतामुलक सामाज निर्माणका लागि आयोजक पार्टीले भूमिका खेल्नु पर्ने बताए ।

कार्यक्रमलाई पार्टीका महासचिव प्रेमबहादुर कार्कीले अतिथि तथा प्रशिक्षार्थीहरुलाई आफ्नो भनाईसहित स्वागत गरेका थिए । पार्टीका अध्यक्ष दलमर्दन कामीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन पार्टीका उप–महासचिव विदुर अधिकारीले गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal