आज :

बागमतीमा कांग्रेसका चार मन्त्रीले लिए शपथ, मन्त्रालय भन्दा मन्त्रीकाे संख्या बढी

  • अनलाइन डबली

हेटौंडा । बागमती प्रदेशमा कांग्रेसका चारजना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज शनिबार हरिप्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन र विमल ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

याेसँगै मन्त्रीकाे संख्या १४ पुगेकाे छ । मन्त्रालय १३ वटा मात्रै भएपनि १४ मन्त्रीले शपथ खाएका छन् । भागबण्डा नमिल्दा मन्त्रीकाे संख्या थप भएकाे हाे ।

मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्री हेरफेर गरेका छन । लामाले आफ्नै दल कांग्रेसका मन्त्रीहरूको जिम्मेवारी हेरफेरसँगै नयाँलाई जिम्मेवारी दिएर आज शपथ गराइएको हो ।

उनले सामाजिक विकास मन्त्रालयमा हरिप्रभा खड्गीलाई नियुक्त गरेका छन् । सुरजचन्द्रलाई आन्तरिक मामिला तथा कानुन, मीनकृष्णलाई युवा तथा खेलकुद र विमललाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

मुख्यमन्त्री लामाले बिहीवार आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका रसुवाका प्रभात तामाङलाई हटाएर कुन्दनराज काफ्लेलाई जिम्मेवारी दिएका छन् ।

बुधबार विनाविभागीय मन्त्रीको शपथ लिएका काफ्लेलाई मुख्यमन्त्री लामाले बिहीबार नै सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका थिए । तर, काफ्लेले आर्थिक मामिला मन्त्रालय माग्दै शपथ कार्यक्रम रोक्न दबाव दिएका थिए ।

लामाले काफ्लेलाई आर्थिक मामिला पठाएसँगै रिक्त रहेको सामाजिक विकास मन्त्रालयमा हरिप्रभा पुगेकी हुन् । यसअघि महिलालाई मन्त्री नबनाएको भन्दै कांग्रेसभित्र विवाद चर्किएको थियो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal