आज :

अमेरिकी डलरकाे भाउ घट्याे, कुन मुद्रा कतिमा हुँदैछ काराेबार

  • अनलाइन डबली

काठमाडौं, साउन ११ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । शुक्रबार अमेरिकी डलरको भाउ ०४ पैसाले घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी १ डलरको खरिददर १३३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १३४ रुपैयाँ २२ पैसा कायम गरिएको छ । यसअघि बिहिबार यसको खरिदमूल्य १३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रुपैयाँ २६ पैसा कायम भएको थियो ।

शुक्रबार युरोपियन युरोको एकको खरिददर १४४ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रीदर १४५ रुपैयाँ ६४ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १० पैसाले बढेको हो । यसअघि बिहिबार युरोको खरिददर १४४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५४ पैसामा कारोबार भएको थियो ।

बेलायती पाउन्ड एकको खरिदमूल्य १७२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, शुक्रबार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८१ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ०१ पैसा पाइन्छ ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७७ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८१ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ५१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६८ पैसा तथा बिक्री दर ९ रुपैयाँ ७२ पैसा कायम गरेको जनाइएको छ ।

उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ६२ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ७८ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५४ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार २८ रूपैयाँ ६६ पैसा र बिक्रीदर २८ रूपैयाँ ७८ पैसा कायम गरेको छ ।

यसैगरी, शुक्रबारको लागि कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ १५ र बिक्रीदर ४३९ रुपैयाँ १२ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ०८ पैसा निर्धारण भएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal