काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाज क्पाप्टेन मनिष शाक्यले नेतृत्व गरेका थिए । बुधबार विहान भएको दुर्घटना भएको विमानमा १९ जना रहेको खुलेको छ ।
चालक दलका सदस्य र यात्रुसहित विमानमा १९ जना रहेको बताइएको छ । काठमाडौँबाट पोखरा उड्ने क्रममा ग्राउन्ड छाड्नेवित्तिकै ९ एन एएमई विमान दुर्घटना भएको थियो ।
जहाजमा लागेको आगो पूर्णरुपमा नियन्त्रण आउन सकेको छैन । उद्धारकर्ताहरुले २ जनाको शव घटनास्थलमा फेला परेका छन् । विमानस्थल प्रहरीका अनुसार जहाजमा सवारहरु केहीलाई उद्धार गरेर अस्पताल पठाइएको छ भने अन्यको खोजी कार्य जारी रहेको छ ।