काठमाडाैँ । बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले राजिनामा दिएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री जाेखबहादुर महराले शनिबार राजीनामा दिएका हुन् ।
विश्वासमा मत लिन बाेलाइएकाे प्रदेशसभाको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले आफूले आजै प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष राजीनामा दिने जानकारी दिएका थिए ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बैठक सञ्चालन भएलगत्तै मुख्यमन्त्री जम्कट्टेललाई अविश्वासको प्रस्तावको पक्षमा बोल्ने समय दिएका थिए ।
मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिने बताएपछि प्रदेशसभाका सभामुख पाठकले अर्को सूचना जारी नभएसम्मका लागि आजको बैठक स्थगित गरेका छन् ।