
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिने भएको छ । प्रतिनिधि सभामा दिउँसो १ बजे बस्ने बैठकमा उहाँले विश्वासको मत लिन लागेको हो ।
प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको समर्थनमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।
प्रधानमन्त्री ओलीलाई सत्ता पक्षय्का दल नेपाली कांग्रेसको ८८, नेकपा (एमाले) को ७८, अशोक राई नेतृत्वको जसपा ७, जनमत पार्टी ६, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल ५, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी ४, स्वतन्त्र २ गरी एक सय ९४ मत पक्षमा आउने देखिएको छ ।
नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) र राप्रपाले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । संसदमा अहिले कायम संसद् सङ्ख्यामध्ये विश्वासको मत प्राप्त गर्न एक सय ३८ मत आवश्यक पर्छ । तर संसदमा प्रतिनिधित्व गर्ने साना दल नेमकिपा १, राष्ट्रिय जनमोर्चा १, प्रभु साह (स्वतन्त्र) १ ले पक्षय वा बिपक्षमा कता मत दिने बन्ने विषयमा निर्णय आइसकेको छैन ।