आज :

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै

  • अनलाइन डबली

काठमाडौं । लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री महराले विश्वासको मत लिने जानकारी गराएपछि आज दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।

प्रदेश सभा सचिव दुर्लभकुमार पुनका अनुसार मुख्यमन्त्री महराले भोलिको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्ने र सो प्रस्तावमाथि छलफल भई उठेका प्रश्नहरुको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।

नेपाली काँग्रेस र नेकपा एमालेबीच केन्द्रमा सत्ता सहकार्य गरेरपछि सबै प्रदेशमा समिकरण बदलिएको छ । लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री महरा अल्पमतमा परेका थिए । सरकारमा सहभागी एमालेका पाँच जना मन्त्रीले असार २० गते राजीनामा दिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal