काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको हो।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागु हुने छ । मूल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर १७१ रुपैयाँ भएको छ र भने डिजेल तथा मट्टीतेल प्रतिलिटर १६० भएको छ । भारतबाट आएको नयाँ मुल्य सूची बढेर आएकोले मूल्य बढाउनु परेको निगमले जानकारी दिएको छ ।