आज :

नेत्र अनुुुसन्धान विज्ञ रञ्जितको तेश्रो चित्रकला तथा मोडल मिनिचर आर्टको प्रर्दशनी सम्पन्न

  • अनलाइन डबली

काठमाडौँ। नेत्र अनुुुसन्धान विज्ञ सिद्धार्थ रञ्जितको तेश्रो चित्रकला तथा मोडल मिनिचर आर्टको प्रर्दशनी भएको छ । ‘ ब्युटिफूल नेचर ‘ नाम दिइएको यस पटकको चित्रकला प्रदशनीमा ३५ वटा चित्रकलाका साथमा एक दर्जनजति मोडल मिनिचर आर्ट कला समावेस गरिएको थियो ।

खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले यस प्रदशनीको आज उत्घाटन गर्नुभयो।
प्रदर्शनीबाट संकलित रकम दिन दु:खि असाहयहरुको आँखा उपचारमा खर्चिने नेत्र अनुुुसन्धान विज्ञ रञ्जितले बताउनु भयो।
उनले पहिलो प्रदशनी अध्ययनको सिलसिलामा अस्ट्रेलियाको न्यू साउथ वेल्स विश्वविद्यालयमा गरेका थिए ,भने दोश्रो सन् २००८ मा काठमाडौंमा आयोजित पिस अफ नेचरनामक प्रदर्शनी गरेका थिए। प्रदशनी मार्फत संकलित रकम सामाजिक सेवाका लागि हस्तान्तरण गरेका थिए।

यसपटक भने उनले १७ वर्षको मिहिनेतले सिर्जेका कला प्रदर्शनीमा राखेका हुन् । सामाजिक सेवामा समेत सक्रिय रञ्जित आफैँले २०५२ सालमा स्थापना गरेको युवा नेत्र सेवानामक संस्थामार्फत विभिन्न गाउँमा आँखा शिविर संचालन गर्दै आएका छन्।
यसै गरि उनले दैनिक एक कप चिया बराबरको खर्च दान गरेर त्यस बापतकाे रकम असहाय दीनदुखीहरूलाई आँखाकाे ज्याेति प्रदान गर्न प्रदान गर्न प्रत्येक बर्ष निशुल्क मोटो बिन्दु शल्यक्रिया सेवा दिदै आएका छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal