काठमाडौं । त्रिशूलीमा बेपत्ता बसको खोजीकार्य पुनः सुरु भएको छ । मुग्लिन- नारायणगढ खण्डको सीमलतालमा आएको पहिलोले दुईवटा यात्रुवहाक बस बगाउँदा त्रिशूलीमा बेपत्ता भएका थिए ।
शुक्रबार विहानैबाट खोजीकार्य सुरु भएपनि साँझसम्म कुनै पत्ताे लागेकाे थिएन । राति भएपछि स्थगित गरिएको खोजी कार्य शनिबार विहानैबाट सुरु गरिएको चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार खोताखोरसहितको सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली पनि बिहानैदेखि खोजी कार्यमा खटिएका छन् । प्रहरीले दुईवटा बसमा कम्तिमा पनि ५० यात्रु बेपत्ता भएको जनाएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर २९ मा पर्ने सीमलतालमा हिजो बिहान साढे ३ बजे आएको लेदोसहितको बाढीले गुडिरहेको दुई बस बगाएको थियो ।
बगाएका दुई मध्ये एउटा बस बीरगञ्जबाट काठमाडौँ जाँदै गरेको र अर्को बस काठमाडौँबाट गौरतर्फ जाँदै गरेका थिए ।