काठमाडौँ । लेदो सहितको पहिरोमा परी त्रिशुली नदीमा खसेर दुईवटा बस वेपत्ता भएका छन् । बिरगंजबाट काठमाडौँ आउदै गरेको एन्जल गाडी र काठमाडौँबाट गौरतर्फ जादै गरेको गणपति डिलक्स बस भरतपुर महानगरपालिका वडा नं. २९ सिमलताल सडक खण्डको त्रिशूली नदीमा खसेको हो ।
बिहान ३ बजेको समयमा अविरल वर्षाका कारण ठूलो लेदो सहितको पहिरोमा परि बसमा सवार ६५ जना यात्रु समेत वेपत्ता भएको प्रहरीले जनाएको छ । । यात्रुको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ ।
उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट बाट ३५ जना र बिपद ब्यबस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २० जना परिचालन भएका छन् । साथै अहिले मुग्लिन नारायणगढ सडक अबरुद्ध रहेको जानकारी सशस्त्र प्रहरीले दिएको छ ।