काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डको सिमलतालमा पहिरोले बगाएर दुईवटा यात्रुवहाक बस त्रिशूलीमा बेपत्ता भएका छन् ।
शुक्रबार बिहान ३ बजे चितवनको भरतपुर महानगरपालिका–२९ मा पर्ने सिमलतालमा पहिरो आउँदा बससँग कम्तिमा ६५ जना यात्रु त्रिशूलीमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
पहिरोले वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बस बगाएको छ । जसमा २४ जना यात्रु सवार थिए ।
त्यस्तै, काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्सको बस ४१ जना यात्रु रहेको पुष्टि भएको यादवले बताए ।
पहिरो कारण घटनास्थलमा गोताखोर पुग्न केही ढिला भएको थियो । अहिले ७ जना गोताखोरसहित ८० जना सुरक्षाकर्मी खोजीकार्यमा खटिएका छन् ।