आज :

युरो कप : फ्रान्सलाई २–१ ले पराजित गर्दै स्पेन फाइनलमा

  • अनलाइन डबली

काठमाडौं । स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरको छ ।  मंगलबार राति भएको खेलका खेलमा स्पेनले फ्रान्समाथि २–१ गोल अन्तरको पुनरागमन जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।

जर्मनीको म्युनिख रंगशालामा भएको सेमिफाइनलमा सुरुआती गोल भने फ्रान्सले गरेको थियो । तर उक्त अग्रता फ्रान्सले धेरैबेर टिकाउन सकेन ।

खेल सुरु भएको आठौं मिनेटमा कोलो मुआनीले केलियन एम्बाप्पेको पासमा गोल गरेका थिए ।

उनले गरेको हेडर गोल नै युरो कप फुटबलमा डेसच्याम्पकको टोली फ्रान्सका खेलाडील गरेको पहिलो खुला गोल थियो ।

१ गोलले पछि परेको स्पेन जारी युरोमा उत्कृष्ट लयमा रहेको प्रमाणित गर्न धेरै बेर कुर्नु परेन ।

२१ औं मिनेटमा अल्भारो मोराटाको पासमा १६ वर्षिय खेलाडी लामिन यमलले गोल गर्दै खेल एक एकको बराबरीमा ल्याएका थिए ।

२५ औं मिनेटमा डानी ओल्मोले गोल गरेपछि स्पेनले २–१ को अग्रता लिएको थियो । त्यसपछि दुवै टिमले थप गोल नगरेपछि अन्तिमसम्म २–१ को अग्रता कायम गर्दै स्पेनले फाइनलमा स्थान पक्का गर्न सफल भयो ।

स्पेन २०१२ पछि पहिलो पटक फाइनलमा स्थान बनाउन सफल भयो । स्पेनले अब उपाधिका लागि इंग्ल्याण्ड र नेदरल्याण्ड्सबीचको विजेतासँग खेल्ने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal