आज :

काठमाडौँ महानगरपालिकाको विभिन्न वडा कार्यालयमा राष्ट्रिय परिचयपत्र स्टेशन सञ्चालन हुदै

  • अनलाइन डबली

काठमाडौँ ।राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले काठमाण्डौ महानगरपालिकाको विभिन्न वडा कार्यालयमा राष्ट्रिय परिचयपत्र स्टेशन सञ्चालन गर्ने भएको छ । यसअघि राष्ट्रिय सभा गृहमा परिचयपत्रका लागि विवरण सङ्कलन गर्ने काम भइरहेकामा सेवाग्राहीको चाप र कठिनाइलाई मध्यनजर गरेर विभिन्न वडा कार्यालयबाट विवरण सङ्कलन गर्न लागिएको हो ।

विभागले काठमाण्डौ महानगरको वडा नम्बर ३ महाराजगञ्ज, वडा नम्बर ८ जय बागेश्वरी, वडा नम्बर १५ स्वम्भू र वडा नम्बर ३१ सुविधानगरमा राष्ट्रिय परिचयपत्र स्टेसन सञ्चालन गरीने जनाएको छ ।

विभागका अनुसार यसका लागि सम्बन्धित वडा कार्यालयलाई उपयुक्त जनशक्ति लगाएतको व्यवस्थापनका लागि आग्रह गरिएको छ ।

सरकारले सामाजिक सुरक्षा भत्ता, पेन्सन र बिमामा साउन १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो । यस आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिइएसँगै देसै भरिका जिल्ला प्रशासन कार्यालयहरुमा  परिचयपत्र बनाउनेको भीड बढेपछी विशेष गरि ज्ष्ठ तथा अशक्त नागरिकले सास्ती खेप्नुपरेको छ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal