आज :

सप्तकोशीमा पानीकाे सतह अहिलेसम्मकै उच्च, ब्यारेजका ५६ वटै ढोका खोलियो

  • अनलाइन डबली

काठमाडौँ । सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ।

आइतबार बिहान ९ बजे सप्तकोशीमा जलसतहले खतराको तह पार गरेपछि ५६ वटै ढोका खोलिएको  कोशी ब्यारेज केन्द्रले जानकारी दिएको छ ।

सप्तकोशीमा पानीको बहाव ३ लाख ७० हजार क्यूसेक पुगेको छ । बिहान ६ बजे ४८ वटा ढोका खोलिएको थियो ।

लगातार वर्षाका कारण नदीमा याे बर्षकाे अहिलेसम्मकै उच्च रहेर खतरा उत्पन्न भएपछि सबै ढोका खोलिएको हो । सप्तकोशीमा बहाव बढेपछि तटीय क्षेत्रमा बसेकाहरूलाई सतर्क रहन भनिएको छ ।

सप्तकोशीको बहाव अहिलेसम्मकै धेरै १९६८ मा ७ लाख ३० हजार क्युसेक पुगेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal