आज :

काँग्रेसभित्रै एकता नभएपछी एमालेसँगको सहकार्यबाट खुशी हुने अवस्थै छैन्ः डा.कोइराला

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसभित्र नै एकता नभएको भन्दै अरु पार्टीसँग कसरी सहमति, सहकार्य र एकता हुन्छ भन्दै प्रश्न गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘शान्ति र क्रान्तिका नायक जीपी कोइराला’विषयक अन्तरक्रियामा उनले अरुसँगको सहकार्य भन्दा अगाडि आफ्नो घर ठिक राख्न जरुरी रहेको भन्दै पार्टीभित्र सहकार्य र सहमतिपछि मात्रै अरु दलसँग सहकार्य गर्न सकिने बताए ।

उनले भने,‘हामी सहमति, एकता र सहकार्यको कुरा गर्छौं । तर त्यो नेपाली कांग्रेसभित्र नै छैन भने अन्य पार्टीसँग हुन्छ कसरी ? सम्भव नै छैन् । सबैभन्दा पहिले हामीले आफ्नो घर ठिक राख्न जरुरी छ । घर ठिक राख्नलाई सहमति, सहकार्य, एकता आफ्नो साथीहसँग हुन जरुरी छ ।’

उनले एमाले र कांग्रेसको नयाँ समीकरण भएको प्रसंगमा नेपाली राजनीतिको अस्थिरता कहिलसम्म बोकिरहने भन्दै प्रश्न गरे । निर्वाचन प्रणालीमा सुधार गरेर जान सकेमा जनताले चाहेको कुरा पूरा हुन सक्ने उनको भनाइ छ ।

उनले भने,‘माओवादीले एमालेलाई लिएर सरकार बनायो । त्यसपछि उहाँहरुबीच के भयो थाहा छैन । फेरि नेपाली कांग्रेससित सहकार्य हुँदैछ । यस्तो अस्थिरतालाई कहिलेसम्म बोकिरहने ? संविधानमा सुधार गर्ने कुरा धेरै छन् । त्यसमा छे्डछानी गर्न थालियो भने संविधान सुधार पनि हुँदैन् । निर्वाचन प्रणालीमा हामीले सुधार गरेर जान सक्यौ भने केही न केही जनताले चाहेको पूरा हुन्छ ।’

नेता कोइरालाले प्रधानमन्त्रीले अहिसम्म पनि राजीनामा दिइनसकेको भन्दै एमालेसँगको सहकार्यलाई लिएर अहिले नै खुशी हुने अवस्था नरहेको धारणा राखे । नयाँ समीकरण नेपाली कांग्रेसको अन्तिम विकल्प रहेको भन्दै नयाँ बन्ने सरकारलाई पनि सफल बनाउन सकिएन भने देश एकदमै नराम्रो बाटोमा जाने उनको भनाई छ ।

उनले भने,‘एमालेसँग कुरा भएको छ तर अहिले नै खुशी हुने अवस्था छैन् । किनकी प्रचण्डजीले आजसम्म पनि राजीनामा दिनुभएको छैन् । उहाँले राजीनामा दिनुभएन भने के हुन्छ भन्ने पनि हामीले सोच्नुपर्ने हुन्छ । कांग्रेस र सबै भ्रातृ संगठनहरुले सोच्नुपर्ने हुन्छ । अन्तिम विकल्प हो भन्ने लाग्छ । यसरी नै सरकार बदलिरहने ? नेतृत्व गर्ने पालो नेपाली कांग्रेसको पनि आउँछ । निर्वाचनको बेला यसमा अत्यन्तै चनाखो हुनुपर्छ । अहिलेको सरकारलाई पनि सफल बनाउन सकिएन भने देश एकदमै नराम्रो बाटोमा जान्छ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal