आज :

५० बर्ष माथिको बुद्धिचाल प्रतियोगितामा सुर्खेतका जिसी पहिलो

  • अनलाइन डबली

सुर्खेत ।
पहिलो सुरेन्द्र श्रेष्ठ स्मृति दिवसको अवसरमा बुधबार आयोजित कर्णाली प्रदेश स्तरीय बुद्धिचाल छनौट प्रतियोगितामा सुर्खेतका बिरोध विक्रम जिसी पहिलो भएका छन् । त्यस्तै दोस्रो सुर्खेतकै राजेन्द्र कुमार गौतम र सुर्खेतकै प्रेम बहादुर सोमै तेस्रो भए ।

सल्यान, सुर्खेत र दैलेखका गरि १० जना खेलाडीहरु सहभागी प्रतियोगिताबाट ५० बर्ष माथिका तीन जना बुद्धिचाल खेलाडीहरु छनौट भएका छन् । छनौट भएका खेलाडीहरुले आगामी महिना काठमाडौंमा हुने बुद्धिचाल प्रतियोगितामा सहभागीता जनाउने छन् ।

प्रतियोगितामा पहिलो हुने जिसीले प्रमाणपत्र सहित १० हजार नगद पुरस्कार प्राप्त गरे । त्यस्तै दोस्रो भएका गौतमले ५ हजार नगद सहित प्रमाणपत्र र तेस्रो भएका सोमैले ३५ सय नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गरे ।

अखिल नेपाल बुद्धिचाल संघ कर्णाली प्रदेशले आयोजना गरेको छनौट प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री बीर बहादुर शाहीले गरेका थिए । कार्यक्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषदका उपाध्यक्ष प्रमोद हमाल, बोर्ड सदस्य टक्क बहादुर शाही लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal