आज :

काँग्रेससँग मिलेर नयाँ गठबन्धन बनाएपछि एमालेभित्र तीब्र विरोध, राजा ल्याउने खेल

  • अनलाइन डबली

काठमाडौँ । नेपाली काँग्रेससँग मिलेर केपी शर्मा ओलीले नयाँ गठबन्धन बनाएपछि नेकपा एमालेभित्र तीब्र मतभेद देखिएको छ ।

वामपन्थी शक्ति मिलेर देश र जनताको हितमा काम गर्ने उद्देश्यले काँग्रेससँगको गठबन्धन भत्काएर बनेको सरकारविरुद्ध अहिले नै लाग्नुपर्ने अवस्था नआएको भन्दै नेताहरुले सार्वजनिक रुपमा मत राखिरहेका छन् ।

एमाले उपाध्यक्ष युवराज ज्ञवालीले काँग्रेससँग गठबन्धन गर्नुपर्ने बाध्यता सिर्जना नभएको भन्दै ओलीले गरेको समहति पार्टीमा नआएको दाबी गरे । उनले वामपन्थी शक्ति मिलेर जाने भनेर चार महिना पहिले काँग्रेससँगको गठबन्धन भत्काएर एमालेसहितको नयाँ गठबन्धन बनाएको भन्दै उपाध्यक्ष ज्ञवालीले वर्तमान सरकारलाई नै बलियो बनाएर जानुपर्ने बताए ।

ज्ञवालीले सार्वजनिक रुपमा व्यक्त धारणाले कतिपयले भन्ने गरेको ‘भुटानीबन्धु’ गठबन्धनले थप अस्थिरता सिर्जना गर्ने बताएका छन् ।

उपाध्यक्ष ज्ञवालीले यो गठबन्धनले देशलाई पछाडितिर धकेल्ने बताए । उनले समावेशी, समानुपातिक र धर्मनिरपेक्षलाई हटाउन संविधान संशोधनको कुरा उठाइएको बताए । उनले यो राजालाई ल्याउने खेल भएको समेत दाबी गरे ।

“संघीयता, समानुपातिक निर्वाचन प्रणाली, धर्मनिरपेक्षता हटाएपछि यो संविधानको मर्म रहन्छ ? फेरि दश वर्षको युद्ध, जाती जनजातीको आन्दोलन, त्यही बाटोमा हो लिन खोजेको ?” ज्ञवालीले प्रश्न गरे । उनले काँग्रेससँग गरेको सहमति आफूलाई कुनै जानकारी नभएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal