आज :

नेपाल लाइफको २३ औँ र २४औँ वार्षिक साधारणसभा सम्पन्न, १ अर्ब ७२ करोड बढी लाभांश दिने

  • अनलाइन डबली

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ र २४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोबिन्द लाल संघईको अध्यक्षतामा असार १८ गते होटल भिष्वा, बीरगंज पर्सामा सम्पन्न भएको हो ।

साधारणसभाले संचालक समितिका तर्फबाट अध्यक्षबाट प्रस्तुत भएका आ.व.२०७८/७९ र आ.व. २०७९/८० को वार्षिक कार्य प्रगति प्रतिवेदनहरु छलफल गरी पारित गर्नुको साथै लेखा परीक्षकको प्रतिवेदनसहितको आ.व.२०७८/७९ र आ.व.२०७९/८० को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरेको छ ।

त्यसैगरी आ.व.२०७९/८० को लागि लेखा परीक्षक एस.ए.आर. एशोसिएट्सलाई गरिएको नियुक्ति र निजको पारिश्रमिकलाई अनुमोदन गरिएको छ । साधारणसभाले आ.व. २०८०/८१ को लागि लेखा परीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ । त्यस्तै, आ.व. २०७९/८० को वितरण योग्य मुनाफाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्ता पूँजीको २१.०५% (कर प्रयोजनसहित) का दरले हुन आउने रु. १,७२,७९,९२,९४९/– बराबरको नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

यसका साथसाथै साधारण सभाले संचालक समितिमा संस्थापक समूह (क) का शेयरधनीहरुबाट ३ जना संचालक, सर्वसाधारण समूह (ख) का शेयरधनीहरुको तर्फबाट ३ जना संचालक तथा १ जना स्वतन्त्र संचालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावलीमा संशोधन प्रस्ताव पारित गरिएको छ ।

अध्यक्ष गोबिन्द लाल संघईले जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरु बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरि अर्को सुनौलो यात्रा तर्फ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । कम्पनीले आफ्नो व्यापार र सेवामा अन्तर्राष्ट्रिय व्यावसायिक मापदण्डलाई अवलम्बन गरिरहेको कुरा बताउनु भयो ।

कम्पनीको निरन्तर विकासको लागि दीर्घकालिन रणनीति निर्माण गर्न Learning Management System लाई प्रभावकारी बनाउन, ग्राहकलाई थप स्तरिय सेवाको अनुभूति गराउन, Automation को प्रयोगबाट समयको बचत र लागत घटाउन भविष्यमा कम्पनीलाई डिजिटल रुपमा रुपान्तरण गर्न कार्य आरम्भ गरिसकिएको कुरा बताउनु भयो । साथै, कम्पनीले Risk Management Framework तयार गरी व्यवसायसँग सम्बन्धित जोखिमहरुको समेत उचित व्यवस्थापन गरिरहेको जानकारी गराउनु भयो ।

संचालक समितिका अध्यक्ष गोबिन्द लाल संघईले साधारण सभामा शेयरधनीहरुले राख्नु भएको सुझावहरुलाई सकरात्मक रूपमा लिईने जानकारी गराउँर्दै कम्पनीको विकासमा योगदान पु¥याउने सबैमा धन्यवाद ज्ञापन गर्नु भयो ।
कम्पनीका सञ्चालक श्री कमलेश कुमार अग्रवालज्यूले शेयरधनीहरुबाट प्रस्तुत भएका जिज्ञासा तथा सुझावहरुको सन्दर्भमा संचालक समितिको धारणा प्रस्तुत गर्दै शेयरधनीहरुको सकारात्मक सुझावहरुलाई कम्पनीको विकासको निम्ति अवलम्बन गर्न सदैव तयार रहेको कुरा बताउनु भयो ।

२३औँ र २४औँ बार्षिक साधारण सभामा बोल्दै प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीज्यूले आ.व. २०७८/७९ र आ.व.२०७९/८० मा आएका चुनौतीहरुलाई अवसरहरुमा परिणत गरी हासिल गरिएका व्यावसायिक उपलब्धि र भावी योजनाहरु बताउनु भएको थियो । देशको अर्थतन्त्र साथै व्यावसायिक क्षेत्र संकटान्मुख अवस्थामा रहेको परिस्थितिमा पनि यस कम्पनीले कुल बीमाशुल्क आर्जनका आधारमा आ.व २०७८/७९ मा नेपालको समग्र जीवन बीमा बजारको २५.५९ प्रतिशत र आ.व. २०७९/८० मा २६.०६ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको सहर्ष जानकारी गराउनु भयो । चुनौतीपूर्ण बजार परिस्थितिमा पनि कर्मचारी, अभिकर्ता एवं सरोकारवालाहरुको साथ सहयोगले एक भरपर्दो, विश्वसनीय र उत्कृष्ट कम्पनीको रुपमा स्थापित भई निरन्तर उच्चतम् Operating Income तथा प्रतिफल दिन सफल भएको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीज्यूले बताउनु भयो ।

२०८१ जेठ मसान्त सम्ममा यस कम्पनीको लगानी रु. २००.५४ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १८९ अर्ब १८ करोड रुपैयाँ र शेयरधनी कोष ११ अर्ब ६६ करोडभन्दा बढी रहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल १ सय ९३ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म रु २५९.८३ अर्ब रुपैया बीमा शुल्क आर्जन गरेको छ भने रु ७८.७६ अर्ब दावी भुक्तानी गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २४ वटा बीमा योजना अन्तर्गत ३५,५२,४१४ बीमालेख जारी गरिएको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal