आज :

काँग्रेस–एमालेको गठबन्धन देश र जनताको हितमा नभएको रास्वपाको निष्कर्ष, सरकारमा सहभागी नहुने निर्णय

  • अनलाइन डबली

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली काँग्रेस र एमालेबीच भएको नयाँ गठबन्धन देश र जनताको हितमा नभएको निष्कर्ष निकालेको छ ।

आज विहान बसेको सचिवालय बैठकले सो निष्कर्ष निकाल्दै प्रचण्ड सरकारलाई अन्तिमसम्म साथ लिने र नयाँ सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।

बैठकपछि प्रमुख सचेतक सन्तोष परियार नयाँ गठबन्धन देश र जनताको हितमा नरहेको भन्दै यसले देशलाई राजनीतिक स्थायित्व पनि नदिने बैठकले निष्कर्ष निकालेको जानकारी दिए ।

उता माओवादी केन्द्रको पदाधिकारी बैठकले पनि प्रधानमन्त्रीले राजिनामा नदिने र संसदमा विश्वासको मतको सामना गर्ने निर्णय गरेको छ । उसले रास्वपासँग छलफल गरेर अगाडि बढ्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal