आज :

प्रधानमन्त्री प्रचण्डले राजिनामा नदिने, संसदमा विश्वासको मत माग्ने माओवादीको निर्णय

  • अनलाइन डबली

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने निर्णय गरेको छ । नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको नयाँ समिकरणसँगै प्रधानमन्त्रीले राजिनामा दिने चर्चाकै बीच माओवादीले संसदमा विश्वासको मत माग्ने निर्णय गरेको हो ।

आज विहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय हो । सचिव देवेन्द्र पौडेलले बैठकपछि भने, ‘प्रधानमन्त्रीले विश्वासको मतको सामाना गर्ने धारणा बनाउनुभएको छ । हामीले पनि पार्टीको तर्फबाट एकमतले समर्थन गरेका छौं ।’

त्यस्तै, बैठकले सरकारमा सहभागी रास्वपासँग छलफल गरेर कांग्रेस र एमालेका विभिन्न पक्षसँग कुराकानी गरेर अगाडि बढ्ने निर्णय समेत गरेको छ ।

यसअघि एमाले अध्यक्ष आज विहानै बालुवाटार पुगेर राजिनामा गरेर बाटो खोल्न आग्रह गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal