आज :

सत्ता सहकार्य गर्न कांग्रेस–एमालेबीच सहमति : ओली प्रधानमन्त्री बन्दै, कांग्रेसलाई गृहसहित १० मन्त्रालय

  • अनलाइन डबली

काठमाडौं । संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्ता सहकार्यका लागि सहमति भएको छ । सोमबार मध्यरातमा सत्ता सहकार्यका कांग्रेस सभापति शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा हस्ताक्षर गरेका छन् ।

सुरुको डेढ वर्ष एमाले अध्यक्ष ओली र दोस्रो चरणमा कांग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । सुरुमा बन्ने ओली नेतृत्वको सरकारमा एमालेले प्रधानमन्त्री, अर्थमन्त्रीसहित ९ वटा मन्त्रालयको नेतृत्व गर्नेछ भने कांग्रेसले गृहमन्त्रीसहित १० वटा मन्त्रालय लिनेछ ।

सहमति अनुसार अब प्रदेश अन्तर्गत एमालेले कोसी, लुम्बिनी र कर्णालीमा सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिममा सरकारको नेतृत्व लिनेछ । मधेशमा भने मधेशवादी दललाई नेतृत्व दिने सहमति भएको छ । सत्ता सहकार्यसँगै एमाले र कांग्रेसले संविधान संशोधनको सहमतिसमेत गरेका छन् ।

ललितपुरस्थित होटल भिभान्तामा दुवै दलका दोस्रो तहका नेताहरूले तयार पारेको सहमतिको मस्यौदालाई अन्तिम रुप दिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्माले सोमबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् ।

०००

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal