आज :

केपी ओलीको सक्रियता बढेपछी ज्ञानेन्द्र शाहीले भनेः गिरिबन्धु टी–स्टेटको जग्गा कब्जा गर्ने तयारी सुरु भयो

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सासंद ज्ञानेन्द्र बहादुर शाहीले केही नेपाल ऐनलाई शंसोधन गर्न बनेको विधेयक अध्यादेशको नाममा गिरिबन्धु टि–स्टेटको जग्गा बेचेर अझै खाने दाउसहितको अध्यादेश ल्याएको आरोप लगाएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भूमि सुधार ऐनको दफा १२ लाई शंसोधन गरेर गिरिबन्धु टि–स्टेटको जग्गा कब्जा गर्ने नीतिका साथ सदनबाट पारित गर्ने भनेर रणनीति बनिरहेको बताए ।
उनले भने,‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई शंसोधन गर्न बनेको विधेयकको अध्यादेश आयो भनेको त गिरिबन्धु टि–स्टेटको जग्गा बेचेर अझै खाने अध्यादेश आएछ । अगाडिबाट कान समात्नु र पछाडिबाट कान समात्नु उस्तै हो । भूमि सुधार ऐनको दफा १२ लाई शंसोधन गरी गिरिबन्धु टि–स्टेटको जग्गा कब्जा गर्ने नीतिका साथ यही सदनबाट पारित गर्ने भनेर नीति बनिरहेको छ ।’

उनले स्थानीय तहमा अब दलबिहीनको राजनीति आवश्यक रहेको पनि बताए । उनले भने,स्थानीय तहमा अब दलबिहीनको राजनीति आवश्यक छ । हाम्रो छिमेकी मूलुकदेखि बिभिन्न देशहरुमा स्थानीय तहमा दलबिहीन कै राजनीति हुने गर्दछ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal