आज :

प्रचण्ड र ओलीबीच भेटवार्ता, सत्ता समिकरणलाई थप बलियो बनाउने निष्कर्ष

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच फेरि भेटवार्ता भएको छ । सोमबार विहान

ओली प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । आइतबार सिंहदरबारमा प्रचण्ड र ओलीबीच भेटवार्ता भएको थियो । पछि रास्वपाका सभापति रवि लामिछानेलाई पनि बोलाइएको थियो ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले ओलीबीच बलकोटमा भएको भेटवार्ताले राजनीतिक वृतमा तरंग ल्याएको थियो । सभापति देउवाले सरकार परिवर्तनको लागि कसरत गरिरहेको बेला भएको भेटले चर्चा पाएको थियो । यो भेटलाई सत्ता समीकरण फेरिने हल्ला चलेपछि प्रचण्ड र ओलीबीच लगातार भेटवार्ता भइरहेका छन् ।

बालुवाटार स्रोतका अनुसार दुई नेताबीच सरकारलाई प्रभावकारी बनाउन र सत्ता समिकरणलाई थप बलियो बनाउनेबारे छलफल भएको छ ।

“अहिले बाहिर जसरी हल्ला चलाइएको छ, त्यस्तो केही होइन शिर्ष नेताहरुबीचको भेटलाई स्वाभाविक रुपमा लिनुपर्छ । देउवा र ओलीबीचको भेटवार्ता पनि त्यही हो । सरकारमा सहभागी मुख्य घटक दलका अध्यक्षबीच सरकारलाई थप बलियो, टीआरसीलगायतका विषयमा छलफल भएको छ” स्रोतले भन्यो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal