आज :

रेशम-रञ्जिताको लडाइँ नयाँ चरणमा, संसदीय दलको नेता गंगाराम

  • अनलाइन डबली

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ र पती रेशम चौधरीबीचको लडाइँ नयाँ चरणमा प्रवेश गरेको छ । श्रेष्ठ मन्त्री बन्ने तयारीमा रहेको बेला संसदीय दलको नेताबाट हटाउने निर्णय गरिएको छ ।

पार्टीका पूर्वअध्यक्ष तथा पति चौधरीले यसअघि नै संसदीय दलको नेताबाट हटाउन चाहेका थिए । तर, बहुमत जुटाउन सकेका थिएनन् ।

आइतबार बसेको पार्टीको संसदीय दलको सचिवालय बैठकले बहुमत सदस्यको उपस्थितिमा श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको हो ।

संसदीय दलको निर्णय संसद् सचिवालयलाई गराउने तयारी रहेको छ । रञ्जितालाई दलको नेताबाट हटाउने निर्णयमा गंगाराम चौधरी डगौरा, अरूणकुमार चौधरी र लालवीर चौधरीले हस्ताक्षर गरेका छन्।

बैठकले गंगाराम चौधरी डगौंरालाई संसदीय दलको नेताको जिम्मेवारी दिएको छ । प्रमुख सचेतक लालवीर चौधरीलाई बनाइएको छ । लालवीर नाउपाका संरक्षक रेशम चौधरीका बुबा हुन्। यसअघि गंगाराम प्रमुख सचेतक थिए ।

प्रतिनिधि सभामा नाउपाका चार सांसद रहेका छन्  ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal