आज :

एकीकृत समाजवादीको महाधिवेशनमा एमाले किन गएन ?

  • अनलाइन डबली

काठमाडौं । नेकपा एकीकृत समाजवादीको महाधिवेशन सुरु भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा महाधिवेशन सुरु भएको छ ।

महाधिवेशनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सीके राउत, उपेन्द्र यादव, रवि लामिछानेलगायत पुगेका छन् । यता प्रमुख सत्तारुढ दल नेकपा एमालेबाट भने कुनै पनि नेता उपस्थित भएका छैनन् ।

असार १६ देखि २० गतेसम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न संगठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएका छन् । यी प्रतिनिधिहरुले वरिष्ठ उपाध्यक्षसहित २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छन् ।

नेकपा एमालेबाट अलग भएर गठन गरिएको एकीकृत समाजवादीले पहिलो पटक महाधिवेशन गर्न लागेको हो । पार्टीले एमालेकै निरन्तरताबाट एकीकृत समाजवादी जन्मेको हुनाले यस महाधिवेशनलाई दशौं महाधिवेशन भनेको छ ।

अन्य सबै राजनीतिक दलका शिर्ष नेताहरु महाधिवेशन सफलताको शुभकामना दिन प्रज्ञा भवन पुगेपनि एमालेको कुनैपनि नेता त्यहाँ देखा परेनन् । विभाजन र राजनीतिक इगोकै कारण एमाले अनुपस्थिति भएको बताइएको छ ।

तर, एकीकृत समाजवादीका नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओलीको संक्रिणता र अस्तित्व स्वीकार गर्न नसकेकै कारण एमाले अनुपस्थित रहेको बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal