आज :

सुदूरपश्चिमका बिना विभागीय मन्त्रीले पाए जिम्मेवारी, माओवादीबाट अक्कल रावलले नेतृत्व गर्ने

  • अनलाइन डबली

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका पाँच बिना विभागीयमन्त्रीलाई जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री दीर्घ सोडारीले मन्त्रिपरिषद्लाई पूर्णता दिँदै कार्यविभाजन समेत गरेका छन् ।

भौतिक पूर्वाधारलाई फुटाएर जलस्रोत तथा सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय बनाइएको छ । सामाजिक विकास मन्त्रालय फुटाएर शिक्षा युवा तथा खेलकुद र स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालय बनाइएको छ ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी विकास मन्त्रालयका महाशाखा एक अर्कामा गाभ्दै नयाँ मन्त्रालय बनाइएको छ । जसमा वन वातावरण तथा सहकारी मन्त्रालय, कृषि तथा भूमि सुधार मन्त्रालय र उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालय बनाइएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला मन्त्रालयलाई भने यथावत् राखिएको छ ।

माओवादी केन्द्रबाट सरकारको नेतृत्व गरेका दलका उपनेता समेत रहेका अक्कलबहादुर रावलले जलस्रोत तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै, लक्ष्मी विकलाई शिक्षा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

मन्त्री रावलको बरियदा मुख्मयन्त्री पछि राखिएको छ ।

त्यस्तै एमालेका वीरबहादुर थापाले वन वातावरण तथा सहकारी मन्त्रालय र हिरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाउँदा नेकपा एकीकृत समाजवादीकी माया पन्तले उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिएका छन्।

मुख्यमन्त्री सोडारीले कार्यविभाजन गरेको पत्र प्रदेश प्रमुख नजिर मियाँलाई पठाएका छन् ।

मन्त्रालय फुटेपछि यसअघि विभागीय जिम्मेवारीमा रहेका मन्त्रीहरुको मन्त्रालय पनि परिवर्तन भएको छ ।

नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, टीका थापालाई कृषि तथा भूमि सुधार मन्त्रालय, माओवादी केन्द्रका ओमविक्रम भाटलाई स्वास्थ्य, महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal