आज :

९० वर्ष माथिका जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचय नम्बर आवश्यक नपर्ने,पत्र बनाउन गृह मन्त्रालयले थप कर्मचारी परिचालन

  • अनलाइन डबली

बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने व्यक्ति, अशक्त, असहाय र ९० वर्ष माथिका जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचय नम्बर आवश्यक नपर्ने भएको छ ।

सामाजिक सुरक्षा भत्ता लिन अनिवार्य राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि चाहिने भएपछि जिल्ला प्रशासन कार्यालयहरूमा वृद्धवृद्धाहरूलाई राष्ट्रिय परिचय पत्र बनाउन सास्ती भएको गुनासोलाइ मद्यनजर गर्दै गृहले सो निर्णय गरेको बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।

यसै गरि राष्ट्रिय परिचय पत्र बनाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूमा थप कर्मचारी परिचालन गरेको छ।

सरकारले आउँदो साउन १ गतेदेखि २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि परिचय पत्र नम्बर अनिवार्य गरेको छ।

गृहले २८ जिल्लामा ४ सय ३८ जना विवरण दर्ता अपरेटर खटाएको छ। प्रशासन कार्यालयमा सेवा लिन जाने सेवाग्राहीहरूलाई अशक्तको हकमा तत्काल र अन्यको हकमा पहिले आउनेले पहिला सेवा पाउने व्यवस्था गर्न पनि सबै जिल्लामा पत्राचार गरेको छ ।

भदौ मसान्तसम्म परिचय पत्र नम्बर लिए लाभग्राहीले साउन १ गतेदेखि कै भत्ता पाउने गृहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

साथै बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने व्यक्ति, अशक्त, असहाय र ९० वर्ष माथिका जेष्ठ नागरिकले आफ्नो अनुकूल समयमा सेवा लिन सकिने पनि  विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै जेष्ठ नागरिक र अशक्तहरूलाई लक्षित गरेर सम्बन्धित स्थानीय तहसँगको समन्वयमा सकभर वडास्तरमा नै विवरण संकलनको व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको गृहले जनाएको छ ।

बिज्ञप्ति –

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal