सुर्खेत ।
अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिव भीमप्रसाद आचार्यमाथि सांघातिक आक्रमण भएको छ । आक्रमणबाट आचार्य गंभीर घाइते भएको शुभकालिका गाउँपालिकाका अध्यक्ष गोबिन्द आचार्यले जानकारी दिएका छन् ।
आचार्यको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको बताइएको छ । उनको टाउको, दायाँ आँखामा गंभीर चोट लागेको सुर्खेत अस्पतालले जनाएको छ ।
आचार्यमाथि शुभकालिका गाउँपालिकाका लेखापाल कृष्ण रोकाया र पशु शाखा करार सेवामा काम गर्ने नवीन शाहीको समूहले नियोजित रुपमा योजनाबद्ध तरीकाले आक्रमण गरेको आचार्य परिवारले जनाएको छ ।
आक्रमण गर्ने रोकाया र शाहीलाई जिल्ला प्रहरी कार्यालय कालिकोटले नियन्त्रणमा राखेको छ ।